प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अबस्थामा १३ जना पक्राउ

२०८१-०७-११

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०७।११ गते ०१:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ९ बङग्राकटान स्थित खेतबारीमा जुवातास जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने बर्ष ३४ को हरि बिष्ट सहित ७ (सात) जनालाई प्रहरीले पक्राउ गरेको, गोप्य सूचनाको आधारमा  वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरुलाई नगद रु. २८,५६०।- र १ गड्डी तास सहित पक्राउ गरेको, यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।     

    यसैगरी, मिति २०८१।०७।११ गते ०२:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ७ बेलिबजार स्थित महेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने बर्ष २९ को हिक्मत थापा सहित ६ (छ) जनालाई प्रहरीले पक्राउ गरेको,  गोप्य सूचनाको आधारमा  वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरुलाई नगद रु. ६४,२३५।- र १ गड्डी तास सहित पक्राउ गरेको, यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।     


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।