प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अबस्थामा १३ जना पक्राउ

२०८१-०७-११

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८१।०७।११ गते ०१:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ९ बङग्राकटान स्थित खेतबारीमा जुवातास जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने बर्ष ३४ को हरि बिष्ट सहित ७ (सात) जनालाई प्रहरीले पक्राउ गरेको, गोप्य सूचनाको आधारमा  वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरुलाई नगद रु. २८,५६०।- र १ गड्डी तास सहित पक्राउ गरेको, यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।     

    यसैगरी, मिति २०८१।०७।११ गते ०२:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ७ बेलिबजार स्थित महेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने बर्ष २९ को हिक्मत थापा सहित ६ (छ) जनालाई प्रहरीले पक्राउ गरेको,  गोप्य सूचनाको आधारमा  वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरुलाई नगद रु. ६४,२३५।- र १ गड्डी तास सहित पक्राउ गरेको, यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।     


सम्बन्धित समाचार
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-११

     कैलाली:- मिति २०८१।०७।१० गते २१:५० बजेको समयमा वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ शिवनगर खानेपानी टयाङ्की नजिकबाट सोही ठाउँ बस्ने बस्ने बर्ष २१ को अर्जुन बोगटीलाई ५५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।      यसैगरी, मिति २०८१।०७।१० गते २२:०० बजेको समयमा वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.५ शिवनगरबाट सोही ठाउँ बस्ने बस्ने १८ बर्षिय किशोरलाई ५४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र १५ ट्यावलेट ट्राबेन्डाटोल सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।      यसैगरी, मिति २०८१।०७।१० गते २३:०० बजेको समयमा अस्थायी प्रहरी पोष्ट बसपार्क, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ४ बसपार्कबाट  दिपायल सिलगढी न.पा.५ बस्ने बर्ष २४ को प्रदिप धोवीलाई ७० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

अवैध लागूऔषध सहित मानिस पक्राउ
२०८१-०७-१०

     कैलाली, घोडाघोडी नगरपालिका-१ सुखड बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित सोही नगरपालिका-२ साडेपानी बस्ने २१ वर्षीय प्रशान्त चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-१ सुखड बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २३ ट्याब्लेट सहित सोही नगरपालिका-१ बेलार बस्ने २१ वर्षीय आकास शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुख्सडबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।                

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८१-०७-१०

     कैलाली:- मिति २०८१।०७।०९ गते १२:२० बजेको समयमा जिल्ला कैलाली, उ.म.न.पा.८ धनगढीगाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०४,३४०।– बराबरको पटाका सहित ऐ.२ सन्तोशी टोल बस्ने बर्ष ४१ को मिन बहादुर बुच्चा मगरलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको ।     यसैगरी,  मिति २०८१।०७।०९ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु भजनी न.पा.३ ठेकीपुल, टीकापुर न.पा.१ गौरापाउरोटी नजिक र ऐ. ९ बालुवाटारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,६२,४९०।– बराबरको चिनी, बिडी, सुर्ती, मसला, चक्लेट, रंगोली स्टिकर, मिठाई, शुभ दिपावली स्टिकर, डोरी, डिजिटल तराजु   लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।    कञ्चनपुर:-  मिति २०८१।०७।०९ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १० र  बेलौरी न.पा.१ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६५,०५०।– बराबरको चिनि, प्याज, मिठाई, मटर, दाल, कस्मेटिक, किराना , बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-१०

      कैलाली:- मिति २०८१।०७।०९ गते १८:३० बजेको समयमा इलाका प्रहरी कार्यालय भजनी र पृथ्विपुर, कैलालीबाट संयुक्त खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, भजनी न.पा.५ लालबोजीबाट सोही नगरपालिका २ रजबारा बस्ने बर्ष २२ को रुपेश बि.क. र ऐ.घोडाघोडी न.पा.४ सिमथरी बस्ने बर्ष २१ को कुसल गिरीलाई १.७४० ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।       यसैगरी, मिति २०८१।०७।०९ गते १४:४५ बजेको समयमा अस्थायी प्रहरी पोष्ट शान्तिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ त्रिवेणीघाटबाट सोही नगरपालिका २ बैयाबेहडी बस्ने १८ बर्षिय किशोरलाई अबैध लागू औषध स्पास नामक १६ ट्वलेट सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।       यसैगरी, मिति २०८१।०७।०९ गते २०:३० बजेको समयमा इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँ, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, बर्दगोरिया गा.पा.४ मुडा बजारबाट ऐ. मोहन्याल गा.पा.२ पन्डोन बस्ने बर्ष २३ को सागर शाही र १७ बर्षिय किशोर समेत दुई जनालाई अबैध लागू औषध Tramadol १६५ क्याप्सुल, Abil १४३  क्याप्सुल, मोबाइल थान-२ र नगद रु. ४५,५००।- सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।