अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-१२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।११ गते १७:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ बसपार्कबाट जिल्ला अछाम, चौरपाटी गा.पा.१ घर भई हाल धनगढी बसपार्क स्थित प्रियंका होटेलका संचालक बर्ष ३६ को विजय साउँदलाई ३ ग्राम ३८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८१।०७।११ गते २१:०० बजेको समयमा अस्थायी प्रहरी पोष्ट बाणी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बंक बजारबाट सोही ठाउँ बस्ने १७ बर्षिय किशोरलाई १२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।