जुवातास खेलिरहेको अबस्थामा १४ जना पक्राउ
२०८१-०७-१२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।११ गते २२:४५ बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.१ थकालिपुर स्थित बर्ष ३३ को तारा शर्माको घरमाजुवातास खेलिरहेको अवस्थामा निज तारा शर्मा सहित ८ (आठ) जनालाई प्रहरीले पक्राउ गरेको, गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरुलाई नगद रु. २७,५५०।- र १ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अछाम:- मिति २०८१।०७।१२ गते ००:४५ बजेको समयमा जिल्ला कास्की, घर भई हाल जिल्ला अछाम, मंगलसैन न.पा.५ मंगलसैन स्थित होम नाथ अधिकारीले सञ्चालन गरेको गण्डकी शिर्ष बाबु होटल एण्ड लजको कोठामा जुवातास खेलिरहेको अवस्थामा ऐ. ४ बस्ने बर्ष २७ को कमल बहादुर शाही सहित ६ (छ) जनालाई प्रहरीले पक्राउ गरेको, गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अछाबाट खटिएको प्रहरी टोलीले निजहरुलाई नगद रु. ६९,६५५।-, मोबाईल थान-७ र १ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।