प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अबस्थामा १४ जना पक्राउ

२०८१-०७-१२

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।०७।११ गते २२:४५ बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.१ थकालिपुर स्थित बर्ष ३३ को तारा शर्माको घरमाजुवातास खेलिरहेको अवस्थामा निज तारा शर्मा सहित ८ (आठ) जनालाई प्रहरीले पक्राउ गरेको, गोप्य सूचनाको आधारमा  इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले निजहरुलाई नगद रु. २७,५५०।- र १ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।     

    अछाम:- मिति २०८१।०७।१२ गते ००:४५ बजेको समयमा जिल्ला कास्की, घर भई हाल जिल्ला अछाम, मंगलसैन न.पा.५ मंगलसैन स्थित होम नाथ अधिकारीले सञ्चालन गरेको गण्डकी शिर्ष बाबु होटल एण्ड लजको कोठामा जुवातास खेलिरहेको अवस्थामा ऐ. ४ बस्ने बर्ष २७ को कमल बहादुर शाही सहित ६ (छ) जनालाई प्रहरीले पक्राउ गरेको, गोप्य सूचनाको आधारमा  जिल्ला प्रहरी कार्यालय अछाबाट खटिएको प्रहरी टोलीले निजहरुलाई नगद रु. ६९,६५५।-, मोबाईल थान-७ र १ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।     

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।