अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०७-१३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।१२ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलनचोक, ऐ. १९ खेदाघाट, भजनी न.पा.३ ढुसी, ऐ. ७ डक्टरघाट र जोशीपुर गा.पा.३ फाँडियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,८२,०५०।– बराबरको प्याज, चिनी, छोरा, मिठाई, चक्लेट, सुर्ती, साबुन, सुटपिस, सल, साडी लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।