अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०७-१४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।१३ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ मिलनचोक, भजनी न.पा.३ कनैयापुर, ऐ. ९ सयपत्रि सामुदायीक बन, टीकापुर न.पा. ८ झुङा र ऐ. ९ वालुवाटारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,४०,१००।– बराबरको प्याज, चिनी, बिडी, सुर्ती, तामाका गाग्री, पटाका, माटोको दियो, साइकल थान-४, मोटरसाईकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०७।१३ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १७ बडवाल चोक, दोधारा चाँदनी न.पा.१० कुतियाकभर स्थित पुल र पुनर्वास न.पा.११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७२,७०५।– बराबरको चिनी, खानेतेल, प्लाष्टिकको कुर्सि, दिपावलीका बिभिन्न किसिमका पोष्टरहरु, पटाका, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।