लागुऔषध सहित मानिस पक्राउ
२०७९-१०-२७
- A
- A-
- A+
कैलाली- मिति २०७९।१०।२६ गते कैलालीका बिभन्न स्थानहरुवाट चेक जाँचको क्रममा लागुऔषध खैरोहेरोईन सहित १४ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले चेकजाँचको क्रममा जिल्ला कैलाली गोदावरी नगरपालीका वडा नं. ४ स्थित घर कोठावाट ऐ. ६ बस्ने वर्ष २५ को गोपाल चौधरी समेतका ६ जना मानिसहरुलाई ४ ग्राम १२० मिलि ग्राम लागुऔषध खैरोहेरोईन सहित पक्राउ गरेको हो । ऐ टिकापुर न पा १ स्थित चेक जाँच गर्दा जिल्ला कैलाली जानकी गाउँपालिका वडा नं. बस्ने बर्ष १९ को सागर काफ्लेले चलाएको प्रदेश ३ -०२ ००६ प ६४१२ नं.को मो.सा. शंका लागी चेक जाँच गर्ने क्रममा मो.सा.पछाडी सवार ऐ.लम्की चुहा नगरपालीका १ बस्ने बर्ष १९ को लोकेश शाहीले लगाएको ज्याकेटको खल्तिमा लुकाई छिपाई राखेको १ ग्राम ६३० मिलि ग्राम लागुऔषध खैरोहेरोईन सहित पक्राउ गरेको हो । जिल्ला कैलाली धनगढी उपमहानगरपालिका १० घुईयाघाट स्थित गस्तिमा खटिएको प्रहरी टोलिले ऐ.ऐ. ६ बस्ने वर्ष २० को रामभजन रानाले चलाएको प्रदेश नं.०३०२-००१ प ११४४ नं. को मो.सा. लाई शंका लागी रोकी चेक जाँच गर्दा सोही मो.सा. पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २४ को प्रकाश रानाको पाईन्टको गोजी बाट १०० मिलि ग्राम लाऔषध खैरोहेरोईन र सोही स्थानमा जिल्ला कैलाली धनगढी उपमहानगरपालिका ०७ बस्ने बर्ष १८ को कमल रानाले चलाएको सु.प.प्र.१-१०प ४३९१ नं. को मो. सा चेकजाँच गर्ने क्रममा मो.सा. पछाडी सवार जिल्ला कैलाली गोदावरी न.पा. ५ बस्ने बर्ष १८ की प्रिन्स भट्टको साथ बाट ५०० मिलि ग्राम लागुऔषध खैरोहेरोईन सहित दुवै जनालाई पक्राउ गरेको हो । यसै गरि जिल्ला कैलाली धनगढी उपमहानगरपालिका १३ राजपुर चोक स्थित चालक जिल्ला कैलाली धनगढी उप-महानगरपालिका ११ बस्ने बर्ष २६ को किरण जोशीले चलाएको सु.प.प्र. ०१००९ प २४०१ नम्बरको मो.सा. चेक जाँच गर्ने क्रममा निजको साथबाट ७ मिलि ग्राम लागुऔषध खैरोहेरोईन सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।