अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-०७-१५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।१४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढि उ.म.न.पा.८ क्याम्पसचोक र बुद्वचोक, ऐ. ९ त्रिबेणीघाट, भजनी न.पा.९ पहलवान भुरुवा जाने बाटोको बिच जंगल र ऐ टीकापुर न.पा.६ बेलुवाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,५८,६५०।– बराबरको चिनी, माटोको दियो, माटोको करुवा, बदाम, बिभिन्न किसिमका पटाका लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०७।१४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.३ भाँसी, ऐ.४ बसपार्क, ऐ. ११ चौकीसत्ता, बेदकोट न.पा. ७ दैजी र दोधारा चाँदनी न.पा.८ शिबमन्दिर नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.११,३३,०००।– बराबरको चिनी, गुड, गहुँ, पेयपदार्थ, टि-शर्ट, खानेतेल, मिठाई, रंगोली रंग, प्लाष्टिकको कुर्सि, पाईन्ट, मोजा, बिभिन्न प्रकारका पटाका, कस्मेटिक, हार्डबेयरका, किरना लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयहरुबाट संयुक्त खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।