प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु, घाईते

२०८१-०७-१५

  • A
  • A-
  • A+
Share

     डडेल्धुरा:- मिति २०८१।०८।१४ गते २०:०० बजेको समयमा जिल्ला डडेल्धुरा, पर्शुरामा न.पा.६ छेला स्थित बा०२-०२२ प २१४५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा सोही ठाउँ बस्ने मोटरसाइकल चालक भुपेन्द्र भट्ट गम्भिर घाईते भई उपचारको लागि जोगबुढा अस्पताल जोगबुढा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको, मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २० को सिद्धराज भट्टलाई जोगबुढा अस्पताल जोगबुढा हुँदै धनगढीको लागि रिफर गरेको ।


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।