प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अबस्थामा २३ जना पक्राउ

२०८१-०७-१५

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर :- मिति २०८१।०७।१४ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१ बराकुण्डा रौटेला स्थित रौटेला खोला किनार स्थित झाडी भित्रबाट जुवातास खेलिरहेको अवस्थामा ऐ. भिमदत्त न.पा. ४ बस्ने बर्ष २९ को राजेन्द्र बहादुर शाह सहित १३ (तेह्र) जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद रु. ४,७४,०९८।- र १४ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।     

   यसैगरी, मिति २०८१।०७।१४ गते १६:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.७ सुडा स्थित बर्ष ३९ को अमर सिंह धामीले संचालन गरेको न्यु हाइवे वाइन्स एण्ड क्याफेबाट जुवातास खेलिरहेको अवस्थामा निज अमर धामी सहित ४ (चार) जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद रु. २६,२५०।- र ३ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।     

   यसैगरी, मिति २०८१।०७।१५ गते ००:३० बजेको समयमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा. १ भुमीराज टोल स्थित सुरेश गिरीको मानिस नबस्ने बाझोँ घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने बर्ष बस्ने बर्ष ४० को गोपाल सुनार सहित ६ (छ) जनालाई इलाका प्रहरी कार्यालय दोधरा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद रु. २५,१७५।- र १ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।     

    

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।