जुवातास खेलिरहेको अबस्थामा २३ जना पक्राउ
२०८१-०७-१५
- A
- A-
- A+
कञ्चनपुर :- मिति २०८१।०७।१४ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१ बराकुण्डा रौटेला स्थित रौटेला खोला किनार स्थित झाडी भित्रबाट जुवातास खेलिरहेको अवस्थामा ऐ. भिमदत्त न.पा. ४ बस्ने बर्ष २९ को राजेन्द्र बहादुर शाह सहित १३ (तेह्र) जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद रु. ४,७४,०९८।- र १४ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०७।१४ गते १६:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा.७ सुडा स्थित बर्ष ३९ को अमर सिंह धामीले संचालन गरेको न्यु हाइवे वाइन्स एण्ड क्याफेबाट जुवातास खेलिरहेको अवस्थामा निज अमर धामी सहित ४ (चार) जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद रु. २६,२५०।- र ३ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।०७।१५ गते ००:३० बजेको समयमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा. १ भुमीराज टोल स्थित सुरेश गिरीको मानिस नबस्ने बाझोँ घरबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने बर्ष बस्ने बर्ष ४० को गोपाल सुनार सहित ६ (छ) जनालाई इलाका प्रहरी कार्यालय दोधरा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नगद रु. २५,१७५।- र १ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।