अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-१६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।१५ गते २२:०० बजेको समयमा इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, टीकापुर न.पा.२ सितापुर स्कुल नजिक सडकखण्ड छेउबाट लागू औषध (खैरो हेरोईन) सेवन गरिरहेको अवस्थामा सोही ठाउँ बस्ने बर्ष २३ को निराजन रावल, ऐ. १ बस्ने बर्ष २२ को निर्मल शाही, बर्ष २२ को भरत कुवँर, बर्ष २३ दमन ढुंगाना र बर्ष २१ को सचिन भण्डारीलाई २८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८१।०७।१५ गते १५:०० बजेको समयमा इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, बेलौरी न.पा. ९ रतनपुरबाट सोही ठाउँ बस्ने बर्ष २४ को मोहन राज भट्टलाई ३८ मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।