जुवातास खेलिरहेको अबस्थामा ३७ जना पक्राउ
२०८१-०७-१६
- A
- A-
- A+
कैलाली :- मिति २०८१।०७।१५ गते ०७:३० बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.६ अस्नारा स्थित सहदेब भट्टको खाली कुखुरा फर्मबाट जुवातास खेलिरहेको अवस्थामा ऐ.ऐ. बस्ने बर्ष ३२ को नेत्र साउद सहित ९ (नौ) जनालाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद रु.२६,४२०।- र १ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।
डडेल्धुरा :- मिति २०८१।०७।१६ गते ००:३० बजेको समयमा जिल्ला डडेल्धुरा, गन्यापधुरा गा.पा. ३ गोयलखेत स्थित बर्ष ३२ को दिपक देउवाको घरबाट जुवातास खेलिरहेको अवस्थामा निज दिपक देउवा सहित २८ (अठ्ठाईश) जनालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले नगद रु.४,४१,८६९।- र १६ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।