अबैध भन्सार छलिका सामान बरामद
२०८१-०७-१७
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।१६ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ९ बङग्राकाटन, ऐ. १२ कम्पनी टोल र बिर्याघाट, ऐ.१८ थापाघाट र टीकापुर न.पा.९ वालुवाटारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३३,२५०।– बराबरको प्याज, चिनी, मिठाई, बिडी, सुर्ती, बिभिन्न किसिमका पटाका, प्लाष्टिक झिल्ली, बोईलर कुखुरा, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।