मोटरसाइकलको ठक्करबाट पैदल यात्रिको मृत्यु
२०८१-०७-१९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।१८ गते १८:३० बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा. १० थारु चोक नजिक पुर्ब पश्चिम राजमार्गमा पुर्बबाट पश्चिम तर्फ आउदै गरेको सु.प.प्र.०१-०११ प ४६४३ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने पैदल यात्री बर्ष ५४ की डम्मरा ओलीलाई ठक्कर दिदा गम्भिर घाईते भई उपचारको लागि घोडाघोडी अस्पताल सुखड हुँदै निसर्ग अस्पताल धनगढी कैलाली लगिएकोमा उपचारको क्रममा ऐ.१९:४७ बजे मृत्यु भएको, मोटरसाइकल र मोटरसाइकल चालक ऐ. १ बस्ने बर्ष २५ को हेमन्त सापकोटालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।