प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कौडा खेलिरहेको अबस्थामा २० जना पक्राउ

२०८१-०७-१९

  • A
  • A-
  • A+
Share

      कैलाली :- मिति २०८१।०७।१८ गते २३:३० बजेको समयमा जिल्ला कैलाली, गौरीगंगा न.पा.१ गोप्का स्थित बर्ष ४२ को भैरब चन्दले संचालन गरेको रोयल फेम्लि रेस्टुरेण्ट एण्ड बारबाट कौडा खेलिरहेको अवस्थामा निज रेस्टुरेण्ट संचालक भैरब चन्द सहित २० (बिश) जनालाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद रु.६९,९११।-, ६ थान कौडा, १८ थान मोबाइल सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।      


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।