कौडा खेलिरहेको अबस्थामा २० जना पक्राउ
२०८१-०७-१९
- A
- A-
- A+
कैलाली :- मिति २०८१।०७।१८ गते २३:३० बजेको समयमा जिल्ला कैलाली, गौरीगंगा न.पा.१ गोप्का स्थित बर्ष ४२ को भैरब चन्दले संचालन गरेको रोयल फेम्लि रेस्टुरेण्ट एण्ड बारबाट कौडा खेलिरहेको अवस्थामा निज रेस्टुरेण्ट संचालक भैरब चन्द सहित २० (बिश) जनालाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद रु.६९,९११।-, ६ थान कौडा, १८ थान मोबाइल सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।