जुवातास खेलिरहेको अवस्थामा ३८ जना पक्राउ
२०८१-०७-२०
- A
- A-
- A+
कैलाली:- धनगढी उपमहानगरपालिका-७ गौडी चोक बस्ने सुरेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-७ बस्ने २४ वर्षीय मुकेश चौधरी समेत ८ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मनहेराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार २ सय रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
कञ्चनपुर:- बेदकोट नगरपालिका-४ बगुन बस्ने ४६ वर्षीय ईश्वर भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्ट समेत २० जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार ९८ रूपैयाँ र ३ सय पत्ती तास सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ राजघाटस्थित यज्ञ बहादुर महराको मदिरा पसलमा जुवातास खेलिरहेको अवस्थामा कृष्णपुर नगरपालिका-९ राजघाट बस्ने ५० वर्षीय जियाराम चौधरी समेत १० जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ हजार २ सय १० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।