अबैध भन्सार छलिका सामान बरामद
२०८१-०७-२१
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।२० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.न.पा.४ बसपार्क, भजनी न.पा कुसुमघाट, ऐ. ८ जसबहादुरघाट र टीकापुर न.पा. ७ सत्ति स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,६०,६००।– बराबरको चिनी, बेल्ट, बिडी, सुर्ती, सिद्रा माछा, माछा, मोटरसाईकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०७।२० गते १५:०० बजेको समयमा जिल्ला कैलाली, भिमदत्त न.पा.१० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३२,४४०।– बराबरको प्याज, चिनि, मिठाई, दाल, कस्मेटिक, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सिमा सुरक्षा गुल्म गड्डाचौकी, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।