अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-२१
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।२० गते १५:०० बजेको समयमा इलाका प्रहरी कार्यालय जोशीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, जोशीपुर गा.पा.५ घर भई ऐ.७ रघुनाथ बहुमुखी क्याम्पस नजिक प्रतिभा हेल्थ क्लिनिकका संचालक बर्ष ४० को राम कृष्ण चौधरीले संञ्चालन गरेको मेडिकलमा प्रतिबन्धित लागू औषध बेचबिखन भईरहेको भन्ने गोप्य सूचनाको आधारमा चेक जाँच गर्दा लागू औषध स्पास्मो नामक ट्याब्लेट ५०० वटा र त्रिगाभा म्यूरिन नामक ट्याब्लेट १००० वटा फेला पारी आवश्यक प्रकिया पुरा गरी उक्त ट्याब्लेट र निजलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
दार्चुला:- मिति २०८१।०७।२० गते २०:३० बजेको समयमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले जिल्ला दार्चुला, मार्मा गा.पा.३ बिटुले बस्ने बर्ष ३० को लोकेन्द्र महरको घर पसलमा लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ बिक्रिबितण गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा निजको घर पसलमा खानतलासी गर्दा निजको घर पसलबाट लुकाई छिपाई राखेको अवस्थामा २ किलो ३०० ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।