प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरुवा बन्दुक सहित मानिस पक्राउ

२०८१-०७-२१

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।०७।२० गते १४:४० बजेको अस्थायी प्रहरी पोष्ट गोदावरी, कैलालीबाट खटि गएको प्रहरी टोलीले जिल्ला कैलाली, गोदावरी न.पा.४ तखरे गाउँ बस्ने बर्ष ६५ को लाल बहादुर बुढामगरले आफ्नै घरबाट अन्दाजी ५० मिटर पुर्ब पर्ने चैतडा सामुदायिक जंगलको खोल्सोमा लुकाई छिपाई राखेको अवस्थामा २ नाल लोड गरेको भरूवा बन्दुक, कालो रङको झोलाभित्र ४ ओटा फलाम र ४ ओटा सिसाको गोलि गरि जम्मा ८ गोली र अन्दाजी १००/२०० ग्राम बारुद समेत फेला परेकोमा बरामद उल्लेखित हातहतियार सहित निजलाई नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको । 


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।