फरार प्रतिवादी पक्राउ
२०८१-०७-२१
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ३ बर्ष कैद सजाय र रु.३०,०००।- जरिवाना तोकिएको कैलारी गा.पा. ८ बस्ने बर्ष ४४ को प्रताप सिंह चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०७।२० गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।
कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको फैसलाले चोरी मुद्दामा ९ महिना कैद सजाय तोकिएको भिमदत्त न.पा. १५ गोबरिया बस्ने बर्ष १९ को मुन्ना चौधरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०७।२० गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।