फरार प्रतिवादी पक्राउ
२०८१-०७-२२
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०७।२१ गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. वाल यौन दुर्व्यवहार मुद्दामा १५ दिन कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ बस्ने बर्ष ३० को हरिश कार्की ।
२. लागू औषध मुद्दामा २ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ४ बस्ने बर्ष २५ को सुवास थापामगर ।
३. चेक अनादर मुद्दामा रू १,०००।– जरीवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १४ बस्ने बर्ष ४३ को शंकर प्रसाद शर्मा ।