प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०७-२३

  • A
  • A-
  • A+
Share

      दार्चुला:- मिति २०८१।०७।२३ गते १०:३० बजेको समयमा अस्थायी प्रहरी पोष्ट गोकुलेश्वर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले जिल्ला दार्चुला, शैल्यशिखर न.पा. ०९ गोकुलेश्वर बजारमा बैतडी बाट गोकुलेश्वर दार्चुला तर्फ आउदै गरेको ग ३ च ३३५१ नम्बरको बोलेरो जिपलाई रित पुर्बक खानतलासी गर्दा जिल्ला दार्चुला, नौगाड गा.पा. ५ बस्ने बर्ष १९ को विरेन्द्र सिंह धामी र ऐ. ४ बस्ने सोही जिपको चालक बर्ष २२ को लोकेन्द्र सिंह ठगुन्नाको साथबाट ९०० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी  उक्त पदार्थ, जीप र निजहरु दुवैजनालाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

       कैलाली:- मिति २०८१।०७।२३ गते ११:०० बजेको समयमा लागु औषध (खैरो हिरोईन) बेच बिखन तथा सेवन कार्य भईरहेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, लम्कीचुहा न.पा. १ राजिपुर स्थित वर्ष २२ को पदम न्यौपानेको घरमा रित पुर्वक खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा २ ग्राम १७० मिलीग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा निज, उक्त पदार्थ र निज सँगै रहेको ऐ. तिल्केनी बस्ने वर्ष २१ को टंक बोहरा  समेतलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।     

       कञ्चनपुर:- मिति २०८१।०७।२३ गते १३:१० बजेको समयमा इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. ६ बञ्जरियाबाट सोही ठाउँ बस्ने बर्ष ३६ को दिल बहादुर चौधरीलाई ३५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

                  

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।