अबैध भन्सार छलिका सामान बरामद
२०८१-०७-२५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।२४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ आदर्श चोक, भजनी न.पा ०७ शिबिर टोल र टीकापुर न.पा. ९ ठोसे बजार स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,८७,८५०।– बराबरको चिनी, हरियो खुर्सानी, बदाम, कट्टु, ब्रा, मोजा, जुत्ता, जुत्ती, सिद्रा माछा, भारतिय नम्बर प्लेटका मोटरसाइकल थान-३ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०७।२४ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १२ फोरलाईन पुल र ऐ. १६ मझगाउ चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३४,५००।– बराबरको कस्मेटिकका समानहरु र जुत्ता लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरु खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।