प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०७-२५

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।०७।२४ गते १२:०० बजेको समयमा प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ भन्सार कार्यालय नजिकबाट ऐ.१३ बस्ने बर्ष १९ को निरज रानाले चलाएको से ७ प ६३५९ नम्बरको  मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकलको अगाडीको हेडलाटको भागमा लुकाई छिपाई राखेको अवस्थामा ५ ग्राम ८४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा निज, उक्त पदार्थ, निजले प्रयोग मोटरसाईकल र निज सँगै मोटरसाइकलमा पछाडी सवार ऐ.१३ राजपुर बस्ने बर्ष २१ को सुनिल रानालाई समेतलाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।      

       यसैगरी, ऐ. २२:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ रामजानकी मन्दिर नजिकबाट सोही ठाउँ बस्ने बर्ष २३ को रोशन खड्का, ऐ. ३ बस्ने बर्ष २१ को अमित शर्मा र १६ बर्षिय किशोर समेत ३ जनालाई १५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, १ ग्राम ५६० मिलिग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ र निजहरुले प्रयोग गरेको से ५ प ४१२६ नम्बरको  मोटरसाइकल समेत नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।     

       कञ्चनपुर:- मिति २०८१।०७।२४ गते १८:१५ बजेको समयमा अस्थायी प्रहरी पोष्ट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १७ बडुवालटोलबाट ऐ. ४ बस्ने बर्ष २४ को सुरज नाथ र ऐ. १८ बस्ने वर्ष ३० को प्रकाश चन्दलाई ०.२२ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र २.२२ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।