प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध र भन्सार छलिका समान सहित मानिस पक्राउ

२०७९-११-०२

  • A
  • A-
  • A+
Share

कैलाली:- मिति २०७९।११।०१ गते राती अन्दाजी ०९:०० वजेको समयमा अस्थाई प्रहरी पोष्ट जुगेडा कैलालीवाट खटिएकोरहरी टोलीले जिल्ला कैलाली धनगढी उपमहानगरपालिका ९ बङ्ग्राकटान स्थित ऐ.ऐ. ८ बुद्ध चोक बस्ने बर्ष २१ की मनिका वुढा, ऐ.ऐ. ८ धनगढीगाँउ बस्ने बर्ष २६ को महेश राना र ऐ.ऐ. ८ धनगढीगाँउ बस्ने बर्ष २० को रामलखन राना लाई शंका लागी चेकजाँच गर्दा २१० मिलिग्राम लागुऔषध हैरोहेरोईन सहित तिनै जनालाई पक्राउ गरेको हो । यसै गरि ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीवाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा जिल्ला कैलाली जानकी गाउँपालिका वडा नं. ६ जगतपुर घर भई ऐ.टिकापुर नगरपालिका वडा नं.१ वस्ने बर्ष २४ को नुतन कडायतले संचालन गरेको नमस्ते होटल चेक जाँच गर्दा निज नुतन कडायतले लगाएको जिन्स पाईन्टमा प्लाष्टिकमा लुकाई राखेको  १०० मिलिग्राम लागु औषध खैरोहेरोईन फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरि रहेको । 

मिति २०७९।११।०१ गते राति अन्दाजी ०९:०० वजेको समयमा प्रहरी चौकी त्रिनगरवाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उप-महानगरपालिका २ फनपार्कस्थित भारतबाट भन्सार छलि गरी ल्याउदै गरेको अवस्थामा चालक भारत लखिमपुर खिरि कृष्णनगर ८ पलिया बस्ने बर्ष २४ को अमन गुप्ताले चलाएको UP31AB 4658 नम्बरको मो.सा.र चालक जिल्ला बाजुरा बडिमालिका नगरपालिका ३ घर भई हाल जिल्ला कैलाली धनगढी उप-महानगरपालिका २ तिलके ताल  बस्ने बर्ष २४ को सुरज बोहराले चलाएको से.३ प ५५११  नम्बरको मो.सा.मा सुट थान २०४ र साडी थान ५ गरी अं.मुल्य रू.१,४५,०००।- बराबरको समान, चालक र मो.सा. सहित पक्राउ गरि आवश्यक कारवाहीको लागि सम्वन्धित निकायमा बुझाईएको । 

यसै गरि  प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटि गएको प्रहरी गस्ती टोलीले जिल्ला कैलाली टीकापुर नगरपालिका वडा नं. ९ बालुवाटार नजिक रोड कोछेउमा सु.प.प्र.०१०१०प ८१७ नं.को मो.सा.मा पछाडी बाधी राखेको बोरामा ३ पिस रिङ पिस्टोन र ट्याक्टरका पार्टपुर्जा गरि अं.रू. ६२,००० (बैसठ्ठी हजार) बराबरको बेवारीसे अबस्थामा सामान फेला पारी मो.सा. सहित नियन्त्रणमालिई आवश्यक कारवाहीको लागि सम्वन्धित निकायमा बुझाईएको ।

सम्बन्धित समाचार
अबैंध लागू औषध सहित मानिस पक्राउ
२०८१-०१-१३

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेदकोट न.पा.७ सुडाबाट ३.०९ ग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष १९ को बिबेक चौधरीलाई  बुधबार प्रहरीले पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमा लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।     यसैगरी:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ भगतपुरबाट ०.२६ ग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २२ को कमल चन्दलाई  बुधबार प्रहरीले पक्राउ गरेको हो । लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले निज हिँडीरहेको अवस्थमा शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी पक्राउ
२०८१-०१-१३

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।      निम्न:-१. चेक अनादर मुद्दामा रु. २,०००।–जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. १ बस्ने बर्ष ३० को गणेश रावत ।२. गालि बेइज्जति मुद्दामा जनहि रु १,०००।– जरिवाना ठहर भएका टिकापुर न.पा. १ बस्ने वर्ष ६० को बिस्णुलाल आचार्य र  वर्ष ३५ को टिकाराम आचार्य ।३. ज्यान मुद्दामा १० बर्ष कैद सजाय र रु.१,००,०००।-(एकलाख जरिवाना ) ठहर भएका लम्की चुहा न.पा.३ बस्ने वर्ष ५४ को लालमनी तिमलसेना ।

अबैंध भन्सार छलीका सामान बरामद
२०८१-०१-१३

    कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.१ शिवनगर र श्रीलंका टापुबाट,ऐ.२ ट्राफिकचोक नजिकबाट, ऐ.८ क्याम्पस चोक, र ऐ.१० सालघारीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,२२,७००।–बराबरको प्याज,चिनी,सुर्ती, बेल्टको कडी,अचार,स्याम्पु,लेडिज कुर्ती,पानि तान्ने मोटर,बोईलर कुखुरा लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।    कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.११ चौकीसत्ता, बेलौरी न.पा.१ पिपलचौतारा र खल्लाबाट र पुनर्वास न.पा.११ डोकेबजार गुम्बाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,६९,७००।–बराबरको सुट,धोती, टिसट,अन्डरवेयर,गम्छा,किटनासक विषादी, फलाम र काठले बनाएको गहु,धान चाल्ने चान्ना, बोईलर कुखुरा लगायतका सामानहरु बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०१-१३

    कञ्चनपुर:- जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.१ मोतिपुर स्थित धन सिंह साउँदको एकतले काठले बनेको कच्ची  गाई गोठमा बुधबार राती आगलागी हुँदा गोठ भित्र रहेका पराल, भुसा लगायतका सामानहरु गरि अन्दाजी रु. ६०,०००।– बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानबिय तथा चौपाया क्षती नभएको । उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।        कैलाली:- जिल्ला कैलाली, बर्दगोरिया गा.पा.२ चुहा बस्ने भवानी प्रसाद देवकोटा जैशीको दुई तले दुई कोठे काठले बनेको जस्ता पाताले छाएको कच्ची गोठमा बुधबार दिउँसो आगलागी हुँदा गोठ भित्र रहेका एउटा भैँसी जलेर मृत्यु भएको, एउटा राँगा र ४ वटा बाख्रा जलेर घाईते भएका हुन । उक्त आगलागीबाट घर र गोठ भित्र रहेका अन्नपात,लत्ताकपडा,भुषा,पराल,काठ लगायतका सामानहरु गरि अन्दाजी रु. ७,००,०००।– (सात लाख) बराबरको धनमाल जलेर नष्ट भएको हो । आगलागीबाट मानविय क्षति नभएको । उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अबैंध भन्सार छलीका सामान बरामद
२०८१-०१-१२

   कैलाली:- कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ बैयाबेहडी नजिकबाट,ऐ.३ पुरवार पेट्रोल पम्प नजिकबाट, ऐ.९ त्रिवेणीघाट,ऐ.१२ खप्तड ईटा भट्टा नजिकबाट,ऐ.१५ कनरी बजारबाट, घोडाघोडी न.पा.७ भजनी सुखड भित्री सडक खण्डबाट, टिकापुर न.पा.८ बटनपुर र भजनी न.पा.५ कव्वाखेडाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,७४,८१७।–बराबरको प्याज,चिनी,सुर्ती, नरिवल,बिस्कुट,प्लाष्टिक झिल्ली,पेय पदार्थ,सुट पिस,पानीपुरी,चक्लेट,बेसनको पिठो, आरा मेसिनको चेन लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।   कञ्चनपुर:- कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.५ सुकासाल,ऐ.१७ मझगाउँ,बेलौरी न.पा.१ फटैया, ऐ.२ बैजुडाडा र बन्दातालबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,०९,९८०।–बराबरको प्याज,चिनी,दाल,हरियो केराउ,मोबिल,पेय पदार्थ, माछा, साईकल थान-३ लगायतका सामानहरु मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।     यसैगरी, बेलौरी न.पा.८ कलकत्ताबाट अबैध रुपमा भारतरबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मूल्य रु.१४,५०,०००।–(चौध लाख पचाँस हजार) बराबरको २०० क्विन्टल गहुँ र ट्याक्टरको ट्राली थान- २ मंगलबार ईलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । उल्लेखित गहुँ र ट्राली आवश्यक कारवाहीको लागि प्रहरीले कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको हो ।