प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैंध लागू औषध सहित मानिस पक्राउ

२०८१-०१-१३

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- जिल्ला कञ्चनपुर, बेदकोट न.पा.७ सुडाबाट ३.०९ ग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष १९ को बिबेक चौधरीलाई  बुधबार प्रहरीले पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमा लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । 

    यसैगरी:- जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ भगतपुरबाट ०.२६ ग्राम अबैंध लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने बर्ष २२ को कमल चन्दलाई  बुधबार प्रहरीले पक्राउ गरेको हो । लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले निज हिँडीरहेको अवस्थमा शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरी, उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ
२०८१-०१-२२

   कैलाली:- मिति २०८१।०१।२१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ ज्ञानु प्लाजा,चटकपुर, ऐ.७  सरस्वती मा.बि. नजिक, भजनी न.पा.५ लालबोझी, ऐ.८ काडाढीक, टीकापुर न.पा. ९ खक्रौला र कैलारी गा.पा.५ बड्की पलियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,०५,७४०।–बराबरको प्याज, चिनी, सुर्ती, नरिवल, खानेतेल, जिरा, बिडी,तर्बुजा, सुटपिस, दोपट्टा, प्लाष्टिक झिल्ली, प्लाष्टिक डोरी, वाल फ्यान, बोईलर कुखुरा, मोटरसाईकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको  ।   कञ्चनपुर:- मिति २०८१।०१।२१ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १० बिद्युत कार्यालय, ऐ.११ चौकीसत्ता र बेलौरी न.पा.८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२६,०३०।–बराबरको चिनी, मिश्री, नरिवल, साईकलको ट्युव लगायतका सामानहरु, चप्पल, पेय पदार्थ, माछा समेतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको  ।   यसैगरी, मिति २०८१।०१।२१ गते०२:३० बजेको समयमा जिल्ला कञ्चनपुर, लालझाडी गाउपालिका वडा नम्बर १ र २ को बिच सिमाना बिनाबारीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ट्याक्टरमा ल्याउदै गरेको अबस्थामा अन्दाजी मूल्य रु.५,३८,३००।– बराबरको प्याज,पेय पदार्थ, माछा लगायत ट्याक्टर थान- १ सहित ट्याक्टर चालक कृष्णपुर नगरपालिका ८ बस्ने बर्ष १८ को अनिल रानालाई फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको  ।

फरार प्रतिवादी पक्राउ
२०८१-०१-२१

  कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न मुद्दाका निम्न प्रतिवादीहरुलाई मिति २०८१।१०।२० गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।   निम्न:-१. हातहतियार खरखजना मुद्दामा २ महिना २९ दिन कैद सजाय र रु.६,०००।– जरिवाना ठहर भएका गोदावरी न.पा. १० बस्ने बर्ष २७ को प्रदेश चौधरी ।२. बन मुद्दामा रु.२०,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. २ बस्ने बर्ष ६५ को लाल बहादुर साँउद ।३. चेक अनादर मुद्दामा रु. .४००।-  जरिवाना ठहर भएका धनगढी उ.म.न.पा. ९ बस्ने बर्ष ३४ को दुर्गा बहादुर कार्की ।४. बोक्सि आरोप मुद्दामा जरिवाना ११ महिना १० दिन कैद सजाय र रु.१०,०००।– जरिवाना ठहर भएका धनगढी उ.म.न.पा.१२ बस्ने बर्ष ५२ को देव बहादुर लुहार ।