प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८३-०१-१८

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८३।०१।१७ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

१. चोरी मुद्दामा ३ महिना कैद सजाय र रु.५,०००।– जरिवाना र अभद्र ब्यबहार मुद्दामा २७ दिन कैद सजाय र रु.३,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १८ भगतपुर बस्ने बर्ष २३ को योगेश माल ।

२. लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद सजाय र रु. २,००० जरिवाना तोकिएको जिल्ला कञ्चनपुर ,लालझाडी गा.पा.२ कञ्ज बस्ने बर्ष २२ को प्रदिप राना ।

       दार्चुला:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत दार्चुलाको मिति २०७२।०२।१३ गतेको फैसलाले हाडनाता करणी सम्बन्धी मुद्दामा १ बर्ष कैद सजाय र रु.१,०००।- जरिवाना तोकिएको जिल्ला दार्चुला, मालिकार्जुन गा.पा.५ डाँडाकोट बस्ने बर्ष ३२ को हरिश राम लुहार र सोही मुद्दामा ५ महिना कैद सजाय र रु.१,०००।– जरिवाना तोकिएकी सोही ठाउँ वस्ने बर्ष ४२ की पार्वती लुहारलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले विहीवार पक्राउ गरेको हो ।    

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।