प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८३-०१-१८

  • A
  • A-
  • A+
Share

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.६ मटियारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ११० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० को प्रकाश रानालाई विहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी, कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।  

     यसैगरी, जिल्ला कैलाली भजनी न.पा.३ जस बहादुर घाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६५० मिलिग्राम सहित जोशिपुर गा.पा.५ सिमराना बस्ने १६ वर्षिय किशोरलाई विहीवार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ साईकलमा आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित निजलाई पक्राउ गरेको हो ।  

       कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेदकोट न.पा.३ सामादैजीबाट ६ ग्राम २७० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित आफ्नै घरको पछाडी सिढी नजिकबाट बर्ष २७ को केशब बोहरालाई विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लागूऔषधको कारोवार भई रहेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले निजलाई खानतलासी गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि पक्राउ गरेको हो । 

      यसैगरी,  जिल्ला कञ्चनपुर बेलौरी न.पा. १० सडकघाटबाट ६ ग्राम ५०० मिलिग्राम लागूऔषध खैरोहेरोइन जस्तो देखिने धुलो पदार्थ सहित अटो चालक बेलडाँडी गा.पा.२ सिंहपाल बस्ने बर्ष ४७ को करन ओखेडा समेत ४ जनालाई विहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरीले टोलीले भारतबाट नेपाल तर्फ शंकास्पद रुपमा आउदै गरेको सु.प.प्र. ०१-००१ ह ८४४३ नम्वरको डिजल अटोमा सवार निजहरु चारै जनालाई उक्त पदार्थ, अटो सहित पक्राउ गरेको हो ।    

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०३-११

    कैलाली:- जिल्ला कैलाली भजनी न.पा.३ जवलपुरबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३५,०४०।- बराबरको डाटा केवल, चार्जर, ऐरपोर्ड, स्मार्ट वाच, मेगा फोन, गेमिङ चेयर, हेडफोन लगायतका सामानहरु वुधबार साँझ इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।      कञ्चनपुर:- जिल्ला कञ्चनपुर बेलौरी न.पा.६ प्रेमनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४९,५९०।– बराबरको कुलर, इलोक्ट्रोनिक्स लगायतका सामानहरु वुधबार दिउँसो इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-११

      कैलाली:- जिल्ला कैलाली कैलारी गा.पा.५ पबेराबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १६० मिलिग्राम सहित २ जनालाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने बर्ष २७ को सुसान्त चौधरी र गौरिगंगा न.पा.८ बस्ने बर्ष ३३ को हेइमन बखरिया रहेका छन् । इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा  उक्त पदार्थ फेला पारि उक्त पदार्थ सहित पक्राउ गरेको हो ।      यसैगरी, जिल्ला कैलाली भजनी न.पा.१ भजनी बजारबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ५७० मिलिग्राम, नगद भारतिय रुपयाँ रु.१३,०००।– र नेपाली रुपयाँ रु.८१४० सहित २ जनालाई वुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टिकापुर न.पा.१ घन्टाघर बस्ने बर्ष २५ की प्रेयंका चौधरी र भजनी न.पा.८ सोनाफांटा बस्ने बर्ष २२ की कमला परियार रहेका छन् । बिशेष गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा  उक्त पदार्थ र नगद फेला पारि पक्राउ गरेको हो ।

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०३-१०

    कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१६ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ६४० मिलिग्राम र डिजिटल काटा थान-१ सहित सोही ठाउँ बस्ने सुरेश बोहरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.१७ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ३१० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष २५ को सुरेश चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    यसैगरी, जिल्ला कैलाली कैलारी गा.पा.७ हौसलपुरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ २४ ग्राम ४०० मिलिग्राम सहित देश भारत लखिमपुर खिरी बेलापर्शुवा बस्ने बर्ष ४७ को हरि चन्द्र कठरियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा.७ डाँडाबनबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ ८ ग्राम ७३० मिलिग्राम र लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ ५७० मिलिग्राम टिकापुर न.पा.२ राजिपुर बस्ने बर्ष ३३ को संन्जय नगार्जी समेत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले निजहरूलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   यसैगरी, जिल्ला कैलाली लम्कीचुहा न.पा.४ भल्काबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ११० मिलिग्राम सहित सोही ठाउँ बस्ने बर्ष ३१ को गणेश थापालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     दार्चुला:- जिल्ला दार्चुला महाकाली न.पा ४ मोहतीबाट अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ १३ ग्राम सहित दुहु गा.पा.४ बस्ने बर्ष ४३ को राजेन्द्र सिह कुँवरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त पदार्थ सहित पक्राउ गरेको हो ।