प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

२०८३-०१-१८

  • A
  • A-
  • A+
Share

     कैलाली:- जिल्ला कैलाली धनगढी उ.म.न.पा.५ हसनपुर स्थित सोही ठाउँ वस्ने बर्ष ४२ को कालुराम चौधरीले सञ्चालन गरेको रोहित होटलको कोठाबाट जुवातास खेलिरहेको अवस्थामा निज कालुराम चौधरी सहित १० जनालाई विहीवार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेका छन भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरीले निजहरूलाई नगद रु.५९,२९०।– र १ गड्डी तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।