अबैध भन्सार छलिका सामान बरामद
२०८१-०७-२६
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।०७।२५ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. १० भन्सार कार्यालय नजिक र जिमुवा जाने बाटो र ऐ. १७ मझगाउ चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,९९,२६०।– बराबरको चिनि, मिश्री, चप्पल, जुत्ता, साईकलका सामान, हाडबेयरका सामान, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
दार्चुला:- मिति २०८१।०७।२५ गते १८:०० बजेको समयमा जिल्ला दार्चुला, महाकाली न.पा. ८ धाप स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.११,५००।– बराबरको २३० पिस Laser Pointer लेखिएको लेजर लाईट प्रहरी चौकी धाप, दार्चुलाबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।