जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
२०८१-०७-२६
- A
- A-
- A+
दार्चुला:- मिति २०८१।०७।२५ गते १६:०० बजेको समयमा जिल्ला दार्चुला, मालिकार्जुन गा.पा. ४ ऐरीछाना स्थित बर्ष २५ को किसन सिंह धामीको घर कोठाबाट जुवातास खेलिरहेको अवस्थामा निज किसन सिंह धामी सहित ८ (आठ) जनालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले नगद रु.२,३२,३७०।- र ३ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।