अबैध भन्सार छलिका सामान बरामद
२०८१-०७-२७
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०७।२६ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३ मिलन चोक, गौरीगंगा न.पा. २ पुरानो चौमाला बजार, टीकापुर न.पा. १ लम्कीपुल स्थित टीकापुर खक्रौला सडक खण्ड र कैलारी गा.पा.७ रामपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,६६,५४५।– बराबरको चिनी, धनियाँ, महि बनाउने मोटर, सुपारी, पानीपुरी, लेडिज सुट, सल, गम्छा, पिताम्बर कपडा, जर्जेड कपडा, प्लाष्टिक झिल्ली, प्लाष्टिक डोरी लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
बैतडी:- मिति २०८१।०७।२६ गते १४:०० बजेको समयमा जिल्ला बैतडी, शिवनाथ गा.पा.०१ नागार्जुन खाणघाट स्थित महाकाली नदिको किनाराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१०,६११।– बराबरको चिनी, मिस्री, चामल, आटा, सलाई, लेडिज चुरा, लेडिज हाते पर्स, स्याम्पु, खेलौना, कपी, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।