अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-२७
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।०७।२६ गते २१:४५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ कटानबाट लागू औषध (खैरो हेरोइन) कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा सोही ठाउँ बस्ने बर्ष ३१ को घनश्याम उराउ र ४ जना किशोर-किशोरी समेत ५ जनालाई १.३४ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।