प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

धनगढीमा ३६ किलो ६६२ ग्राम अबैध लागू औषध (चरेश) बरामद

२०८१-०७-२९

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।०७।२८ गते १९:१० बजेको समयमा वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका- ०५ लब्लि चोकबाट अल्फाबेट नखुलेको १०७२ नम्बरको पल्सर NS मोटरसाइकललाई चेकजाँच गर्न खोज्दा चालक सहित पछाडी सवार नाम, थर, वतन खुल्न नआएका व्यक्तिहरुले सेतो कलरको १ कट्टा (बोरा) फाली भागेकोमा उक्त कट्टा (बोरा) खोली चेकजाँच गर्दा ३६ किलो ६६२ ग्राम (प्लाष्टिक सहित) लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद भएको, भागी फरार रहेका सवारी चालक, मोटरसाईकल पछाडी सवार व्यक्ति र मोटरसाईकलको खोजतलास भईरहेको ।     


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।