फरार प्रतिवादी पक्राउ
२०८१-०८-०१
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०७।३० गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, जानकी गा.पा. ९ बस्ने बर्ष २६ को शंकर थापा ।
२. चेक अनादर मुद्दामा रु.१,०००।– जरिवाना तोकिएको टीकापुर न.पा. १ बस्ने बर्ष ४० को डम्मर बहादुर थापा ।
डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले कुटपिट मुद्दामा रु.२५,०००।– (पच्चिस हजार) जरिवाना र रु.३५,०००।–(पैतिस हजार) क्षतीपुर्ती तोकिएको पर्शुराम न.पा.२ गोगन बस्ने बर्ष ३८ को लाल बहादुर बोहरालाई इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०७।३० गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।