प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु

२०८१-०८-०२

  • A
  • A-
  • A+
Share

   कैलाली:- मिति २०८१।०८।०१ गते १७:४० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा. १ पुर्ब लम्की स्थित सु.प.प्र.०१-००१ ख ९९६ नम्बरको पवनदुत यातायातको बसले पैदल यात्री घोडाघोडी न.पा.३ बस्ने बर्ष ३८ को दिपक कडेललाई ठक्कर दिदा गम्भिर घाईते भई उपचारको लागि लालरत्न अस्पताल लम्की हुँदै टिकापुर अस्पताल टिकापुर, कैलाली लगिएकोमा उपचारको क्रममा ऐ.१९:०० बजे मृत्यु भएको, बस र बस चालक जिल्ला कैलाली, लम्कीचुहा न.पा. ८ बस्ने बर्ष ३२ को नेत्र प्रसाद देवकोटालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।

    डोटी:- मिति २०८१।०८।०१ गते १८:१० बजेको समयमा जिल्ला डोटी, शिखर न.पा. ८ खुन स्थित भिमदत्त राजमार्गमा डडेल्धुराबाट दिपायल तर्फ आउँदै गरेको नम्बर खुल्न नआएको सेतो रंगको बोलेरो जिपले सु.प.प्र.०३-००१ प ०६६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल पछाडी सवार दिपायल सिलगढी न.पा. १ सिर्खोली बस्ने बर्ष ३२ को लोकेन्द्र साउँद गम्भिर घाईते भई उपचारको लागि सुजङ अस्पताल राजपुर लगिएकोमा उपचारको क्रममा ऐ.१९;०५ बजे मृत्यु भएको, मोटरसाईकल चालक दिपायल सिलगढी न.पा. १ सिर्खोली बस्ने बर्ष २७ को प्रकेश बि.क.लाई थप उपचारको लागी धनगढी रिफर गरेको,  ठक्कर दिई फरार रहेको सवारी साधनको खोजतलास भईरहेको । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।