अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०८-०३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।०२ गते १५:३० बजेको समयमा वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ त्रिनगर ब्यारेल नजिकबाट जिल्ला डोटी, दिपायल सिलगढी न.पा. ६ घर भई हाल जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १ त्रिवेणीचोक कोठा गरी बस्ने १८ बर्षिय किशोरलाई ६०१ मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।