फरार प्रतिवादी पक्राउ
२०८१-०८-०४
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७९।०३।१३
गतेको फैसला अनुसार लेनदेन मुद्दामा वादीलाई बिगो नतिरेकोले निज प्रतिवादीलाई १ बर्ष
कैद गरी पाउँ भनि मिति २०८०।०२।१४ गते अदालतमा निवेदन दिई २०८१।०१।०६ गतेको
फैसलाले १ बर्ष कैद सजाय तोकिएको जिल्ला
कैलाली, जोशीपुर गा.पा. १ बढरीया बस्ने बर्ष ५७ को राम फिरत चौधरीलाई इलाका प्रहरी
कार्यालय जोशीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०८।०३ गते पक्राउ
गरेको ।
बैतडी:- फैसला
कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बैतडीको फैसलाले ज्यान मार्ने
उद्योग मुद्दामा २ बर्ष ३ महिना ३ दिन कैद सजाय र रु.२५,०००।- जरीवाना तोकिएको जिल्ला
बैतडी, पञ्चेश्वर गा.पा.०५ बस्ने बर्ष ६० को प्रेम चन्दलाई जिल्ला प्रहरी कार्यालय
बैतडीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०८।०३ गते निजकै घर ठेगानाबाट पक्राउ
गरेको ।