प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८१-०८-०४

  • A
  • A-
  • A+
Share

       कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०७९।०३।१३ गतेको फैसला अनुसार लेनदेन मुद्दामा वादीलाई बिगो नतिरेकोले निज प्रतिवादीलाई १ बर्ष कैद गरी पाउँ भनि मिति २०८०।०२।१४ गते अदालतमा निवेदन दिई २०८१।०१।०६ गतेको फैसलाले १ बर्ष कैद  सजाय तोकिएको जिल्ला कैलाली, जोशीपुर गा.पा. १ बढरीया बस्ने बर्ष ५७ को राम फिरत चौधरीलाई इलाका प्रहरी कार्यालय जोशीपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०८।०३ गते पक्राउ गरेको ।  

       बैतडी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बैतडीको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा २ बर्ष ३ महिना ३ दिन कैद सजाय र रु.२५,०००।- जरीवाना तोकिएको जिल्ला बैतडी, पञ्चेश्वर गा.पा.०५ बस्ने बर्ष ६० को प्रेम चन्दलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०८।०३ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।