अबैध भन्सार छलिका सामान बरामद
२०८१-०८-०५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।०४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३ ट्राफिक चौहारा, ऐ. ७ मोती चोक, ऐ. १८ नक्लीपुर, भजनी न.पा. ८ कालिका स्कुल नजिक र टीकापुर न.पा.९ बालुवाटारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,९७,२७०।– बराबरको चिनी, गुड, पापड, बदाम, सोनपापडी, मसला, पास्ता, नरिवल, बिडी, सुर्ती, पान, सुटपिस, Rice Rubber Rools, प्लाष्टिक डोरी, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।