अबैध भन्सार छलिका सामान बरामद
२०८१-०८-०६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।०५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ मिलन चोक, ऐ.३ ट्राफिक चौहारा, ऐ. ४ उत्तरबेहडी, ऐ. ९ त्रीवेणीघाट, टीकापुर न.पा.१ मनुवा र जोशीपुर गा.पा.१ पिपरकोटीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२०,६१०।– बराबरको प्याज, चिनी, मिश्री, मिठाई, चक्लेट, केराउ, सरप, चप्पल, सल, अण्डरवेयर, टाउजर, ज्याकेट, प्लाष्टिक डोरी, प्लाष्टिक झिल्ली, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०८।०५ गते १५:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६०,०००।– बराबरको माछा इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी जनप्रतिनिधि, स्थानियहरुको रहोभरमा नष्ट गरेको ।