अबैध भन्सार छलिका सामान बरामद
२०८१-०८-०७
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।०६ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३ ट्राफिक चौहारा र बोराडाँडी, ऐ.९ भैसिघाट र भजनी न.पा.८ काँढापुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,४८,३५०।– बराबरको प्याज, चिनी, पानीपुरी, बदाम, हरियो खुर्सानी, सुर्ती, गुट्खा, सुटपिस, साडी, लेहेङ्गा, सल, प्लाष्टिक झिल्ली, सिद्रामाछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०८।०६ गते १६:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२९,९१०।– बराबरको चिनि, मिश्री, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सिमा सुरक्षा गुल्म कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।