अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-०८-०७
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।०६ गते १४:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ रोड हाउस क्याफे नजिकबाट सोही ठाउँ बस्ने बर्ष २४ को सागर राजीको साथबाट १ ग्राम ३८० मिलिग्राम र धर्मेन्द्र धामीको साथबाट ३३० मिलिग्राम गरी जम्मा १ ग्राम ७१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित निजहरु दुवै जनालाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
दार्चुला:- मिति २०८१।०८।०६ गते १५:३० बजेको समयमा गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर, दार्चुलाबाट खटिएको प्रहरी टोलीले जिल्ला दार्चुला, शैल्यशिखर न.पा.२ देथलाबाट सोही ठाउँ बस्ने वर्ष २० को रमेश भट्ट र ऐ. नौगाड गा.पा.६ बस्ने वर्ष ७१ को कासी धामीलाई २०० ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।