फरार प्रतिवादी पक्राउ
२०८१-०८-०७
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा ४ बर्ष ९ महिना कैद सजाय तोकिएको लम्कीचुहा न.पा.१ बस्ने बर्ष २७ को आकाश चौधरीलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०८।०६ गते लम्की बजारबाट पक्राउ गरेको ।
डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले काठ ओसार प्रसार मुद्दामा १ महिना १९ दिन कैद सजाय तोकिएको पर्शुराम न.पा. १२ बस्ने बर्ष २९ को मनिराज कामीलाई इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८१।०८।०६ गते ऐ. आमपानिबाट पक्राउ गरेको ।