प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०८-०८

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८१।०८।०७ गते १६:३० बजेको समयमा इलाका प्रहरी कार्यालय मालाखेती र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी,  कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, गोदावरी न.पा. ८ फकलपुर स्थित संकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा सोही ठाउँ बस्ने बर्ष ३५ को निर्मल चौधरीलाई १ ग्राम ५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  

    यसैगरी,  मिति २०८१।०८।०७ गते १६:२० बजेको समयमा विषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चिसापानी, कैलाली र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, लम्किचुहा न.पा.३ चिसापानी खैरेनी स्थित पूर्व पश्चिम राजमार्गको दक्षिण तर्फ उभिरहेको अवस्थामा जिल्ला कालिकोट, पचालझरना गा.पा. ६ बस्ने वर्ष २८ को अर्जुन बुढा र वर्ष २७ को विरेन्द्र बुढालाई चेकजाँच गर्दा निजहरुले बोकेको झोलामा लुकाई छिपाई राखेको अवस्थामा २ केजी ७५ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित निजहरु दुवै जनालाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।       

     दार्चुला:- मिति २०८१।०८।०७ गते १९:०० बजेको समयमा प्रहरी चौकी शंकरपुर पस्ती, दार्चुलाबाट खटिएको प्रहरी टोलीले जिल्ला दार्चुला, मालिकार्जुन गा.पा. ८ ऐरीछानाबाट सोही ठाउँ बस्ने वर्ष ५२ को धन सिंह धामीलाई ६.९६  ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।       

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।