अबैध भन्सार छलिका सामान बरामद
२०८१-०८-०९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।०७ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ ट्राफिक चौहारा, ऐ. ४ बसपार्क, ऐ. ९ त्रीवेणीघाट, ऐ. १९ बहुलियाघाट र जोशीपुर गा.पा.१ पिपरकोटीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,६९,४००।– बराबरको सरफ, सुर्ती, कुर्ती, सुटपिस, साडी, धोती, सल, तामाका गाग्री, बच्चाको सेट कपडा, बोईलर कुखुरा, माछाका भुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।