प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-०८-०९

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- मिति २०८१।०८।०८ गते १४:२५ बजेको समयमा लागू औषधको कारोबार गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर,  कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ ओपेरा होटेल पछाडी खोपा छाप्रामा चेकजाँच गर्दा घर भित्र जमिनमा खाल्डो खनी माटो मुनी कालो प्लाष्टीकमा लुकाई छिपाई राखेको अवस्थामा सोही छाप्रामा बस्ने बर्ष २६ को अमित खत्री, वर्ष २१ को चक्र बहादुर सुनार र ऐ. बेदकोट न.पा.७ सुडा बस्ने बर्ष २१ को नबिन डगौरालाई Phenargan ३९ पिस , एम्पुल र Rexgessic ४२ पिस र लागू औषधमा प्रयोग गर्नको लागी प्रयोग हुने सिरिञ्ज ३ पिस समेत बरामद गरी निजहरु तिनै जनालाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  

    कैलाली:- मिति २०८१।०८।०८ गते १८:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १२ पट्रीघाट स्थित सु.प.प्र.०१-०१२ प ३७४ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा ऐ. ७ बस्ने बर्ष २३ को भजौरा राना र बर्ष २४ को प्रकाश रानालाई २४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाईकल र निजहरु दुवै जनालाई  नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  

     यसैगरी,  मिति २०८१।०८।०८ गते १९:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १२ पट्रीघाट स्थित सु.प.प्र.०१-०१० प ९६८१ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा ऐ. ८ धनगढीगाँउ बस्ने बर्ष २८ को सुरेन्द्र रानालाई ५१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाईकल र निजलाई  नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।