अबैध भन्सार छलिका सामान बरामद
२०८१-०८-१०
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।०९ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. १९ लल्लिपुर घाट, गोदावरी न.पा.२ तेघरी पहाड रोड, भजनी न.पा.५ कव्वाखेडा घाट र टीकापुर न.पा.९ वालुवाटार स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,३४,१००।– बराबरको चिनी, हरियो खुर्सानी, आलु, सुगुडा, खजुरा, बिडी, सुर्ती, सुटपिस, टोपि ,लेडिज कुर्ता, हुट, मोजा, टोपि, धोती, ब्लाउज, ईलेक्ट्रिक आईरन, घडि, रेडियो, टेस्टर, पानि तान्ने मोटर, साइकलका सामान लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०८।०९ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु पुनर्वास न.पा. २ अमरैया र पुनर्वास न.पा. ६ “ङ” गाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१०,८१०।– बराबरको सुपारी, सुर्ती, सुटपिस, लेहेङ्गा, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।