अबैध भन्सार छलिका सामान बरामद
२०८१-०८-११
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।१० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ ट्राफिक चौराहा र आदर्श चोक, भजनी न.पा ३ बर्दुवाफाटा, ऐ. ५ झुठाघाट, ऐ. ८ खैरा, ऐ. ९ सयपत्रि सामुदायीक बनको बिच जंगल, लम्कीचुहा न.पा. ३ चिसापानी बजार र जोशीपुर गा.पा. ३ लक्कडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.४,५७,१४०।– बराबरको प्याज, चिनी, चना, बदाम, हरियो खुर्सानी, बिडी, सुर्ती, युरिया मल, माछा, सिद्रा माछा, किट नाशक औषधि, किरानाका सामान, मोटरसाइकल थान-२ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०८।१० गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.१० भन्सार कार्यालय नजिक र जिमुवा जाने बाटोबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,००,७५०।– बराबरको चिनी, मिश्री, सुटपिस, ज्याकेट कपडा, मोटर, नल्का, मोबाईलका सामान, कस्मेटिक, हाडबेयर, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।