आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-०८-११
- A
- A-
- A+
दार्चुला:- मिति २०८१।०८।१० गते ११:०० बजेको समयमा जिल्ला दार्चुला, दुँहु गा.पा. २ मन्तड बस्ने चक्र दत्त जोशीको घरमा सोही गाउँपालिकाले भाडामा लिई गाउपालिकाका कर्मचारीहरुले प्रयोग गर्दै आईरहेको भान्छा कोठामा खाना पकाउने क्रममा ग्याँस चुहावट भई अचानक आगलागि हुँदा भान्छा कोठामा रहेका खाद्यान्न, भाडाकुँडा, लत्ताकपडा, काठको दराज, टेबुल, ग्याँस सिलिण्डर, ग्याँस चुलो लगायत लगायतका सामानहरु गरी अन्दाजी रु.७,००,०००।- बराबरको धनमाल जलेर नष्ट भएको, मानविय तथा चौपाया क्षति नभएको, आगलागी प्रहरी र स्थानिय सहयोगमा नियन्त्रणमा लिईएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।