फरार प्रतिवादी पक्राउ
२०८१-०८-११
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।०८।१० गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१. विना इजाजत राष्ट्रिय बन पैदवार काटी ओसार पसार गरेको सम्बन्धि कसुर मुद्दामा १ महिना कैद सजाय र २,६५,३९०।- जरिवाना तोकिएको जिल्ला कैलाली, गौरीगंगा न.पा. ०७ बस्ने बर्ष ४५ को रमित चौधरी ।
२. सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय र रु.२,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली, टीकापुर न.पा. ३ बस्ने बर्ष ४८ को राम बहादुर थारु ।