अबैध भन्सार छलिका सामान बरामद
२०८१-०८-१२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।०८।११ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु टीकापुर न.पा.९ झुंगा स्थित भित्री सडक खण्ड र कैलारी गा.पा.५ मनिकापुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,२७,६७०।– बदाम, सुटपिस, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।०८।११ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेलौरी न.पा. १ फटैया र बेलडाँडी गा.पा. ५ झिलमिला हल्दारचोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३९,८८०।– बराबरको गुड, पेय पदार्थ, कुरकुरे, बिस्कुट, चक्लेट, साबुन, सुर्ती, माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।